प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बिहानै 'पारिलो घाम', यस्तो छ आजको मौसम

२०८० भाद्र २१, बिहीबार ०२:३१ बजे

हेटौंडा – बिहानको समयमा बागमती प्रदेशको राजधानी हेटौंडासहित देशको विभिन्न स्थानमा पारिलो घाम लागेको छ । हेटौंडामा केही दिनदेखि यता बर्षा भएको छैन ।

दिउँसो घाम लागेर पसीनाको छिड्का निस्किदा गर्मीको अनुभूत गराउँछ । यदी गर्मी केही दिन लम्बिने हो भने कोदो, भटमास, मास लगायत बालीमा असर पुर्याउने देखिन्छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थितले आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।