प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर प्रहरीद्वारा चकलेट र जुत्ता बरामद

२०८० आश्विन १८, बिहीबार १३:११ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेको टेक प्वाईन्टबाट प्रहरीले चकलेट र जुत्ता बरामद गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना.६ख ७०९९ नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा भन्सार छलि गरेर ल्याएको चकलेट ४० प्याकेट र जुत्ता ३५ जोर बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको चकलेट र जुत्ता करिब ६० हजार ६०० रुपैयाँ मुल्य बराबरको रहेको छ । सो सामानको धनी प्रहरीले पत्ता लगाउन सकेको छैन । भन्सार छलिको सामान ल्याउने बसलाई प्रहरीले गन्तब्यतर्फ पठाएको छ भने सामान प्रहरीको नियन्त्रणमा रहेको छ ।

सांकेतिक तस्वीर