प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

२०७९ पौष ११, सोमबार १४:२९ बजे

हेटौंडा – दुई ओटा टिपरको विचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ मा आज(सोमबार) दुई ओटा टिपरको विचमा च्यापिए सुर्खेतको चिनगाड गाउँपालिका ६ का २७ वर्षीय जित बहादुर चलाउनेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान साढे ५ बजे हावा भर्न रोकेको ग २ ख ०७ ६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा राखेको ग २ ख ०७ ७१ नम्बरको टिपरमा ठोक्किएको थियो । दुई टिपर ठोक्किँदा बीचमा च्यापिएर जित बहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।