काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका–६ घर भएका ३४ वर्षीय दिपक भण्डारी रहेका छन् ।
कतार एयरवेयजको उडानमा आएका काठमाडौं आएका भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।