प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भलिबल खेलाडी थापाको मृत्यु

२०८० कार्तिक २९, बुधबार १९:११ बजे

पोखरा – भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । थापाको स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो ।

२२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए ।