हेटौंडा – चितवनको रत्ननगर नगरपालिका–१३ मा एक जना मृत भेटिएका छन् ।
रत्ननगर–१३, लौरीघोलस्थित एक घरमा काम गरि बस्ने ६२/६३ वर्षीय जस बहादुर राना मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार हुकुम सुयलको घरमा विगत २०/२२ वर्ष देखि बस्दै आएका थिए । घटनाको मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।