हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.७ दुम्सीडाडाँमा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान ९ बजे दुम्सीडाडाबाट हेटौंडातर्फ जादै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा मकवानपुरगढी गाउँपालिका–७ सुकौरा बस्ने बर्ष २३ की मनिता मोक्तान, उनको २ महिने छोरी जानुका जिम्बा, मकवानपुरगढी गाउँपालिका–७ सुकौरा बस्ने बर्ष २९ को कृष्ण बहादुर योन्जन, उनको ८ बर्षीया छोरी सारोक्षा योन्जन, सोही स्थान बस्ने बर्ष २६ कि दिल माया योन्जन, बर्ष २२ को हिरा माया योन्जन र बर्ष २२ को बिकाश योन्जन मोक्तान रहेका छन् ।
घाइतेमध्ये आमा मनिता र छोरी जानुकाको हेटौंडा उपचार सम्भव नभएपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ । बाँकी ५ जनाको हेटौंडा अस्पतालमा उपचारपश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर