प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पशुपतिनाथका अनुशाशित विद्यार्थी सम्मानीत

२०७९ माघ १३, शुक्रबार ०३:२० बजे

हेटौंडा – पशुपतिनाथ माविमा अध्ययनरत दुई जना विद्यार्थीलाई अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको छ । सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत गरिएको हो । कक्षा ९ की छात्रा सुष्मा कार्की र कक्षा ८ का छात्र सन्दीप प्रजालाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको हो ।

मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य मीरा खत्री, मनहरी–४ का पूर्बवडाध्यक्ष ध्रुब खड्का, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले विद्यार्थीलाई नगद सहित सम्मानपत्र प्रदान गरेका थिए । हरेक श्रीपञ्चमीका दिन विद्यालयले यस्तै सम्मान गर्दै आएको छ ।

यो विद्यालयमा अध्यापन गर्ने शिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेबी पौडेल र पिता लालप्रसाद पौडेको स्मृतिमा स्थापना गरेको अनुशाशित विद्यार्थी सम्मान प्रदान गरिएको हो । शिक्षक पौडेलले सेवाननिबृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् ।

५० हजार रुपैयाँको वार्षिक ब्याज आम्दानीबाट दुई जना छात्रछात्रालाई नगद तथा प्रशंशापत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । बिगत ६ बर्षदेखि विद्यालयले बसन्तपञ्चमीको अवसरमा विद्यार्थी सम्मान गर्न थालेको हो ।