प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

२०८१ असार २६, मंगलबार २०:०१ बजे

काठमाडौं – नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो ।

उनीहरुले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमती पत्र सम्बन्धि कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा कुनै अभिलेख नरहेको आरोप पत्रमा उल्लेख छ ।

त्यस्तै, उनीहरुको संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतका व्यक्तिहरुको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी सो विवरणका आधारमा बायोमेट्रिक गराइ नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको आरोप पत्रमा उल्लेख छ ।