प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सिटी सफारी दुर्घटना हुँदा बस्नेतको मृत्यु

२०८० पौष २, सोमबार १६:५५ बजे

हेटौंडा – सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेचिनगर नगरपालिका–१० धुलाबारीस्थित सडकमा प्र.१–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बद्री बहादुर बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।