प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

दसैं–तिहारका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने

२०७९ भाद्र २०, सोमबार ०७:२५ बजे

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ र सर्वसाधारणलाई २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।यो वर्षको दसैँ, तिहार र छठका लागि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । नयाँ नोट ५, १०, २०, ५० र १०० दरका उपलब्ध रहेको छ ।बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ ।