काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य बुधबार १० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।