प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्रपाले हेटौंडा उपमहानगरलाई बुझायो ६ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?

२०७९ असार १४, मंगलबार ०९:२० बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जिल्ला कार्य समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार पार्टीका बागमती प्रदेश कार्य समितिका सचिव गुञ्जन बहादुर न्यौपानेको संयोजकत्वमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाँलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

हेटौंडा–४ स्थित रहेको ज्ञानेन्द्रसभा गृहलाई मर्मत र प्रयोगमा नल्याई भत्काएको र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा निर्मित एतिहासिक र पुरातात्विक महत्व बोकेको स्वर्गिय राजा बिरेन्द्र विर विक्रम शाहको शालिक(विरेन्द्र बाटिका) क्षेत्रमा बहुउद्देश्य भवन बनाउन सम्झौता गरेकोप्रति ध्यानार्कषण गराउँदै ६ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

विरेन्द्र बिरविक्रम शाहको शालिक मर्मत सम्भार तथा बाटिका ब्यवस्थापन गरी सार्वसाधरणको लागि खुल्ला गरिनु पर्ने, हुप्राचौरमा बन्ने ब्यवसायीक भवन ठेक्का सम्झौताको भवन हेटौंडा अस्पतालमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने , हेटौंडा अस्पताललाई ५ सय शैयाको बनाउनु पर्ने, महिला पुरुषमा हुने विभिन्न प्रकारको क्यान्सर जन्य रोगको निःशुल्क परिक्षण गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तो छ ६ बुँदे ज्ञापनपत्र