प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी दुर्घटनामा मकवानपुरका एक युवाको मृत्यु

२०७९ असार १२, आईतबार ०५:३१ बजे

हेटौंडा – सवारी दुर्घटनामा परी  मकवानपुरका एक युवाको मृत्यु भएको छ । काठमाडौं रबिभवनमा कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ४ ख ४१४१ नम्बरको बसमा सोही दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोक्किएर अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ४२७२ नम्बरको अर्को बसले ठक्कर दिदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् । शनिबार साँझ ७ बजे दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दुतराजको उपचारका क्रममा शहिद मेमोरियल अस्पताल कलंकीमा गएका मध्यराती मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।