काठमाडौं – बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा अर्का एक जना घाइते छन् ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका– १३ की २४ वर्षीया आस्था शाह रहेकी छन्। अर्का एक पुरूषको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । दुर्घटनामा परी स्थानीय २५ वर्षीया साहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोमा सु–प–प–०१००१ च ३४६४ नम्बरको गाडीले गएराति साढे १२ बजेतिर पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएको थियो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गाडी चालक कैलाली, लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चालक पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।