प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्र बचाउन बाग्लुङ पुगेका दुर्गा प्रसाईंमाथि हातपात

२०८० माघ ४, बिहीबार १६:१५ बजे

काठमाडौं – बागलुङमा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । एक सभालाई सम्बोधन गर्न बागलुङमा पुगेका प्रसाईंलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

हातपात गर्ने धौलागिरी चोकमा जुत्ता पसल सञ्चालक बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिट गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।