प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा लडेर एक बालिका घाइते

२०८० पौष २२, आईतबार १४:२९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरेमा बरको लहरामा झुण्डिएर खेल्ने क्रममा लडेर एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोम बहादुर थिङको ८ बर्षीय छोरी सुबिना थिङ रहेकी छन् ।

प्रहरीका अनुसार शनिबार ढकाल खोल्साको बरको बोटको लहरामा झुण्डिएर खेल्ने क्रममा बालिका लडेकी हुन् ।मामाको घरमा बसेर पढ्दै आएकी उनको लडेर टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनको मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।