प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते

२०८० कार्तिक २९, बुधबार १०:३४ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बग्रबाराहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका वडा नं.६ बस्ने वर्ष २५ को सुरेश थापा मगर रहेका छन् ।

चैंनपुरबाट बज्रबाराही जादै गरेको बा ३७ प २३७४ नम्बरको मोटरसाइकल मंगलबार आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मगरको स्टार अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।