हेटौंडा – नेकपा एमाले हेटौंडा उपमहानगर कमिटिमा बोलबहादुर कार्की विजयी भएका छ्न । एमाले हेटौंडा उपमहानगरपालिकाको दोश्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
सोमबार भएको निर्वाचनमा कार्कीले १७६ मत प्राप्त गर्दै विजयी बन्दा उनको निकट्तम प्रतिस्पर्धी जनरल श्रेष्ठले १३३ मत प्राप्त गरे । उपाध्यक्षमा राजकुमार बास्तोला १४३ मत सहित विजयी भए । अर्का उपाध्यक्षका उम्मेदवार धनबहादुर मुक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत ल्याए ।
त्यस्तै सचिवमा शान्ता गौतम १९७ मत सहित विजयी बन्दा निकटतम प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत ल्याए । उपसचिव खुल्लामा शान्तेकुमार तामाङ्ग ७४ मत सहित विजयी भए । अर्का उपसचिवका उम्मेदवारहरु सुरेश मिजारले ६७, कवि रेग्मी ४१, भीम तिमल्सिना ३४, शिवबहादुर थापा ३९, र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याए । उपसचिव महिलामा चन्द्रावती पनेरु १४६ मत सहित विजयी बन्दा रन्जिता सिलवाल ७९ र जुना दङ्गालले ६९ मत ल्याए ।