प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा लडेर एक वृद्धको मृत्यु

२०७९ कार्तिक ३, बिहीबार ०६:३९ बजे

काठमाडौं – वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। अर्घाखाँचीमा भीरबाट लडेर भूमिकास्थान नगरपालिका १ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको मुत्यु भएको हो ।

धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । गमाल बुधबार दिउँसो भत्ता बुझेपछि हिंड्दै घर फर्किएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।