प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० जेठ २५, बिहीबार १२:१२ बजे

हेटौंडा – सर्लाहीको ईश्वरपुर नगरपालिका ३ हस्पिटल रोडमा आज बिहान भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार भारतीय नागरीक १७ वर्षीय दिपक महत्तो रहेका छन् ।

प्रहरीका अनुसार महत्तोको उपचारको क्रममा जनसेवा अस्पताल बर्दिवासमा मृत्यु भएको हो । घाइते भएका चालक सर्लहीको ईश्रवरपुर नगपालिका ३ बस्ने १८ वर्षीय रूपेश साहलाई उपचारको लागी विरगंजतर्फ पठाइएको प्रहरीले जनाएका छ ।मोटरसाइकल अनियन्त्रित भइ आज बिहान १० बजे पल्टिएको थियो ।