प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७९ मंसिर १७, शनिबार ०७:२६ बजे

हेटौंडा – काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठ समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।