प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भीरबाट उद्धार गरिएका एक बालकको मृत्यु

२०८० पौष १४, शनिबार ०८:५० बजे

काठमाडौं – रुकुम पश्चिमको सानी भेरी किनारको भीरबाट उद्धार गरिएका दुई जनामध्ये एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाफिकोट गाउँपालिका – २ पिपलका १३ वर्षीय १३ वर्षीय सुभाष विकको मृत्यु रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अचेत अवस्थामा उद्धार गरि जिल्ला अस्पताल सल्ले पुर्‍याइएका उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । उद्धार गरिएका सोही ठाउँका १८ वर्षीय डिलु विकलाई उपचारपछि घटना अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बेलुकी साढे ८ बजेतिर उनीहरुलाई बाफिकोट – ४ छिनखेतस्थित सानी भेरी नदीको किरानको भीरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। मृतकको पोष्टमर्टम हुन बाँकी छ। पोष्टमर्टम पछि मृत्युको कारण पत्ता लाग्ने प्रहरी निरीक्षक खड्काले बताए।