प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी दुर्घटनामा चार जनाको मृत्यु, सात जना घाइते

२०७९ मंसिर २५, आईतबार १०:५६ बजे

हेटौंडा – सुनसरी, काठमाडौं, कैलाली, ललितपुर र चितवन भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामातीन ओटा मोटरसाइकल आपसमा ठोक्किँदा जनाको मृत्यु भएको छ ४ जना भने घाइते भएका छन् । दुई विपरित दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँएको थियो। दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीले जनाएको छ । घाइते भएका ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले छ ।

स्कुल बसको ठक्करबाट काठमाडौंकोमा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ६ चोभार गेट नजिकै आज ना १ क १६६२ नम्बरको स्कुल बसले बाग्मती बी एएए २९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट बझाङको जयपृथ्वी नगरपालिका घर भई काठमाडौंको हलचोक स्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुवास चन्द्र रतलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा रतलाको साढे १० बजे मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका ७ हरैया चोकमा गएराति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे चौधरीको मृत्यु भएको हो । रोकि राखेको सुदुर पश्चिम प्रदेश–०१–००२ त ६४६४ नम्बरको ट्याक्टरमा से ७ प ७७९३ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे ठोकिएको थियो ।

सप्तरीको रुपनी गाँउपालिका ६ विरेन्द्रबजारमा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षिय पुरुष रहेका छन् । उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उनको राति सवा ९ बजे मृत्यु भएको हो । हिजो बेलुकी साढे ८ बजे स ४ प १६३८ नम्बरको मोटरसाइकल सडकमा निमार्णको लागि राखिएको माटोको ढिस्कोमा ठोकिएको थियो ।

ललितपुरको इमाडोलमा हिजो बेलुकी मोटरसाइकल र ट्याक्सी आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।काठमाण्डौको न्यूरोडका ४० वर्षीय उज्वल मल्ल घाइते भएको र इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ । बागमती प्रदेश–०२–०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी हिजो बेलुकी साढे ८ बजे आपसमा ठोकिएको थिए । दुर्घटना पश्चात फरार रहेका ट्याक्सी चालकको खोजी भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका २ काउने दुम्किनमा हिजो साँझ ६ बजे ना ६ त ९७८९ नम्बरको ट्याकटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । ट्याक्टरमा सवार स्थानीय ११ वर्षीय प्रदिप चेपाङ र १६ वर्षीय सोम बहादुर गुरुङ घाइते भएका हुन् । भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा घाइते दुवैको उपचार भइरहेको र घाइते मध्ये सोम बहादुरको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।