प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टी-२० विश्वकपको उपाधि इंग्ल्यान्डलाई

२०७९ कार्तिक २७, आईतबार १२:३२ बजे

काठमाडौं – आइसिसी टि–२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाए । बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडे । पाकिस्तानका लागि हरिस रउफले दुई विकेट लिए । शाहिन अफ्रिदी र सादाब खानको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् ।

कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् । इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुईरदुई विकेट रह्यो ।

इंग्ल्यान्डले दोस्रो पटक टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्यान्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।