प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चिर्पटले हानेर आफ्नै बुहारीको हत्या

२०७९ माघ ३, मंगलबार १३:५९ बजे

हेटौंडा – आफ्नै बुहारीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । म्याग्दीमा आफ्नै बुहारी २८ वर्षीया अनिता रानाको गरेको अभियोगमा हत्या धौलागिरी गाउँपालिका–३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामान्य विवादमा भण्डारीले दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा राना गम्भीर घाइते भएकी थिइन् । उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।