काठमाडौं – डेंगुबाट गोरखा सिरानचोक गाउँपालिका – ७ कुल गाउँमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक– ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ रहेकी छन् ।
गुरुङलाई गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएको थियो । सो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताए । उनका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगु रोग सङ्क्रमण देखिएको छ ।