प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा थानाभर्याङबाट डिल र प्रकाश पक्राउ

२०७९ पौष २७, बुधबार १३:२२ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ बस्ने बर्ष ६० को डिल बहादुर चेपाङ र सोही स्थान बस्ने १९ वर्षीय प्रकाश चेपाङ रहेका छन् । 

बिशेष सुचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको बसलाई चेकजाँच गर्दा उक्त बसमा उनिहरुलाई ७ किलो लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।