प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

थाहानगरमा माओवादीको चहलपहल

२०८० भाद्र १७, आईतबार ०३:०० बजे

मकवानपुर – नेकपा माओवादी केन्द्रको विशेष अभियान अन्तर्गत थाहा नगरको १२ वटै वडामा बिबिध कार्यक्रम गरि सुरुवात भएको छ।

थाहा नगरपालिकाको वडा न १ मा जनबर्गिय मोर्चा,वडा कमिटी र जनप्रतिनिधि हरुवीच अन्तरक्रिया गरिएको छ भने वडा न २ मा राजनैतिक प्रशिक्षण गरि अभियानको सुरुवात गरिएको छ।

वडा न ३ र ४ मा जेष्ठ नागरिकलाई सम्मान र न्यानो कपडा वितरण गरि अभियानको सुरुवात गरियो भने वडा न ५ मा सहिद परिवार भेटघाट तथा सम्मान कार्यक्रम गरियो वडा न ६ मा अन्तरक्रिया कार्यक्रम ,वडा न ७ मा जेष्ठ नागरिक र सहिद परिवारलाई सम्मान ,८ न वडामा सहिद परिवार भेटघाट गरियो भने वडा न ९ मा भिभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरियो तेसै गरि वडा न १० मा सरसफाइ र जेष्ठ नागरिक सम्मान गरि अभियानको सुरुवात गरियो भने ११ मा जेष्ठ नागरिक सम्मान र १२ न वडामा युवाहरु संग अन्तरक्रिया गरि अभियानको सुरु गरियको थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए।

थाहामा वडा न १ मा जिल्ला समन्वय समिती सदस्य जयराम रायमाझी ,वडा न २ मा बिष्णु बिष्ट आदर्श,वडा न ३ मा तारा सिन्तान,वडा न ४ मा अरुण रायमाझी ,वडा न ५ मा सुवर्ण गोपाली,वडा न ६ मा कृष्ण कार्की ,वडा न ७ मा सनम सिं मोक्तान,वडा न ८ मा विनायक गोले,वडा न ९ मा प्रलोक पाण्डे ,वडा न १० मा लक्ष्मण बिष्ट ,वडा न ११ मा बिनोद लामा ,र वडा न १२ मा मंगल बहादुर तामाङ लाई जिम्मेवारी तोकिएको छ।