प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

२०८१ जेठ २, बुधबार १९:५३ बजे

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।

पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।