प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा दौड र स्लो स्कुटी रेस प्रतियोगिता हुने

२०७९ माघ १४, शनिबार १२:४५ बजे

हेटौंडा – हेटौंडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा सहिद दिवसका अबसरमा माघ १६ गते हेटौंडामा प्रतियोगिता हुने भएको हो ।

आयोजकका अनुसार दौड ३ किलोमिटरको हुनेछ । ४ नम्बर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जनाईएको छ ।

प्रतियोगिातमा प्रथमलाई ७ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार, चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । यसैगरी स्लो स्कुटीमा प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार रहनेछ ।

दौडमा १ सय ५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा गरिएको छ। संस्थागत र सामुदायिक विधालयका शिक्षकहरूले सहभागी हुन सक्ने जनाईएको छ ।

पत्रकार सम्मेलनमा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी, शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल लगायतको उपस्थिती रहेको थियो ।