हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ मा रहेको कमाने एकेडेमीले आफ्नो बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । आइतबार बिद्यालय प्रांगणमा नै बिबिध सांस्कृतिक कार्यक्रम सहित उसले आफ्नो स्थापना दिवस मनाएको हो ।
बिद्यालयका ब्यवस्थापक शंकर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सनका प्रतिनिधि रामकृष्ण श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै बिद्यालयकी प्रधानाध्यापिका प्रतीभा डंगोलले निजी बिद्यालयहरुको भीडमा आफूहरुले फरक तरिकाबाट शिक्षा दिइरहेको र त्यो सफल भएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठ तथा अभिभावकको तर्फबाट पत्रकार समेत रहनु भएका कृष्णउदास खनालले समेत मन्तब्य राख्नु भएको थियो । सो क्रममा उक्त बिद्यालयका बिद्यार्थीहरुले नृत्य,गीत तथा नाटक प्र्रश्तुत गरेका थिए ।