काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू मर्ने र बैंकहरू धनी बन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।
आइतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानून बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताएका हुन्। सिइओहरूलाई लगानी गर्न दिन नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गरे।
धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाइ छ।
सांसद तामाङले भने‚ ‘सीईओहरूलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो। उहाँहरूले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ। उहाँहरूलाई ऋण किन चाहियो?’
उनले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताए। त्यस्तो रकम ३ खर्बभन्दा बढी रहेको दाबी गरे। उनले पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउनुपर्नेमा समेत जोड दिए। उनले यसमा अर्थसमितिले पहल गर्नुपर्ने बताए।