प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

गायक प्रमोद खरेल चढेको कार दुर्घटना

२०७९ बैशाख १५, बिहीबार ०६:३७ बजे

काठमाडौँ – गायक प्रमोद खरेल चढेको कार दुर्घटना भएको छ । तुलसीपुरस्थित दाङमा गायक खरेल चढेको कार दुर्घटना भएको हो ।

उनी काठमाडौंमा रेकर्डिङ्ग सकेर बुधकार साँझ कार्यक्रममा सहभागी हुन तुलसीपुर पुगेका थिए । तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आयोजकले चलाएको कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्चाल मार्फत आफू दुर्घटनामा परेको जानकारी दिए । उनले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेका समेत बताएका छन्।

pramod kharel