काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्।ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।
यस्तै, रास्वपाले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई पठाएको छ। रास्वपाको सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री यसअघि नै बनिसकेका छन्।
त्यस्तै रास्वपाले उपसभामुख पाउने भएको छ। उसले सोविता गौतम वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।