प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप, प्रदर्शनकारी घाइते

२०८० मंसिर ७, बिहीबार १५:३६ बजे

काठमाडौँ – राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडपमा केही प्रदर्शनकारी घाइते भएका हुन् । 

केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक-पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।