प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

२०८० कार्तिक १८, शनिबार १८:२७ बजे

काठमाडौं – जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।

यसमध्ये महिला ९९ जना छन् भने ५८ जना पुरुषको मृत्यु भएको छ। जाजरकोटमा सबैभन्दा धेरै १०५ जनाको मृत्यु भएको छ।

यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको संख्या १६६ पुगेको छ।