प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राँगाको आक्रमणबाट एक जनाको मृत्यु

२०८० मंसिर ८, शुक्रबार १०:४७ बजे

हेटौंडा – राँगाको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरिया ९ डुमरिया गाउँका ७० वर्षीय बतहु राय यादव रहेका छन् ।

आफ्नो घरमै रहेको अवस्थामा एक्कासी बुधवार साँझ राँगाको आक्रमणबाट यादव घाइते भएका थिए । उनको उपचारको क्रममा नारायणी अस्पताल बिरगंजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही राँगाको आक्रमणमा परी पटक पटक गरेर १ दर्जन भन्दा बढी मानिस घाइते भएका छन् । राजदेव माझी, मञ्जारुल मियाँ, महामदिन मियाँ, बिलास महरा लगायत १ दर्जन बढी मानिस घाइते भएका हुन् । 

अतिनै खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटक पटक गाउँलेहरूले आग्रह गर्दा अध्यक्ष रुपेश यादव र मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको कारण मानिस मृत्यु हुन पुगेको स्थानीयको गुनासो छ ।