प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेसका चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री

२०८० बैशाख १४, बिहीबार १३:०० बजे

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका
थिए । चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना संसादहरुले समर्थन गरेका छन् । 

चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने कार्यक्रम छ।