प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ कार्तिक २०, आईतबार ०९:४७ बजे

हेटौंडा – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्य बहादुर बोहरा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघर स्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्कर दिएर फरार रहेका मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।