प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मालपोत कार्यालयमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ

२०७९ कार्तिक ४, शुक्रबार १४:३४ बजे

हेटौंडा – मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी घुसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा ५ हजार घुससहित पक्राउ गरेको हो ।

मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिएको उनीमाथि आरोप छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।