प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाकिस्तानविरूद्ध नेपालको खराब ब्याटिङ, १७ ओभरमै ५ विकेट पतन

२०८० मंसिर २२, शुक्रबार १२:४० बजे

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ।

ब्याटिङको निम्तोपाएको नेपालले खराब सुरुवात गरेको छ । १७ ओभरको खेल सकिदा नेपालले ४७ रन बनाएर ५ विकेट गुमाएको छ । जसमा नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोड्दा अन्य ४ ब्याटरले दोहोर अंकको रन जोड्न सकेनन् ।

चौथो विकेटको रुपमा आउट भएका कुमालले ३७ बलमा ३ चौका प्रहार गरे। पाँचौ विकेटको रुपमा गुल्सन झा १ रनमै आउट हुन पुगे । त्यसपछि नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट हुँदा तिलक भण्डारी ७ रन र आकाश त्रिपाठी ६ रनमा आउट भएका थिए ।