काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी गरिरहेको छ, जसका लागि आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय लिइनेछ।
क्यानका सचिव पारस खड्काले प्रशिक्षक मोन्टीसँग यसबारे छलफल भइसकेको र सम्झौता नवीकरण नगर्ने जानकारी पदाधिकारीहरूलाई गराइसकेका छन्।यस बारेमा क्यानबाट अधिकारीक निर्णय भने सार्वजनिक भएको छैन ।
मोन्टी देसाईले २०७९ माघदेखि नेपाली टिमको नेतृत्व गरेका थिए। उनको कार्यकालमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय मान्यता कायम राखेको थियो। नेपालले उनको नेतृत्वमा दोस्रो पटक आइसिसी टी-२० विश्वकप पनि खेलेको थियो।