हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१३ का जगत बहादुर सुनारले दृष्टि बन्धकी भनि दिएको आफ्नो जग्गा फिर्ता माग गर्दै धर्ना दिएको एक सय दिन नजिक पुगेको छ ।
हेटौंडाको बुद्धचोकस्थित त्रिभुनव राजपथतर्फ पीडक नियमराज शाक्यको घर अगाडी गत कार्तिकदेखि धर्ना दिँदा उक्त बिषयको निकासका लागि न जनप्रतिनिधिले चासो दिएको छ, न प्रशासनले नै ।
स्थानीय सरकार र प्रशासनका प्रमुखहरुले नै उल्टै जगत बहादुरलाई सुटुक्क बोलाएर धर्ना नबस्न भन्दै मानहानीको मुद्दा लाग्न सक्ने धम्की दिएको बताईएको थियो ।
तर, जगत बहादुर सुनारलाई न्याय दिलाऔँ अभियानमा दिन प्रतिदिन विभिन्न सामाजिक ब्यक्ति, संघसंस्था र राजनितिक दलहरु जोडिने क्रम बढिरहेको छ ।
यस अभियानलाई अझ शसक्त बनाउनका लागि नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि साथ दिएको छ । पाटीका मकवानपुर जिल्ला इन्चार्ज राम घलान (वाटर)ले शनिबार धर्ना स्थलमै पुगेर यस अभियानमा एक्यवद्धता जनाएका छन् भने पार्टी विज्ञप्ती समेत जारी गरेको छ ।
जनप्रतिनिधि,प्रशासन तथा सरोकारवाल निकाय छलफलमा बसेर सुनार र शक्यबीच जग्गाको बिवाद समाधन गर्न विज्ञप्तीमार्फत आग्रह गरेको छ । अनुरोधलाई अस्वीकार गरे आफुहरु जस्तो सुकै कदम चाल्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सुनारले हेटौंडा– १३ को ११ कठ्ठा १६ धुर जग्गा दृष्टि बन्धकी भनेर २०५४ सालमा हेटौंडाका ब्यवसायी नियमराज राक्यसंग ५० हजार ऋण लिएका थिए । ऋण दिएको केही महिना ब्याज पनि बुझाएको र २०५९ सालदेखि साँवाब्याज सहित ऋण चुक्त्यार जग्गा फिर्ता लिन्छु भन्दा आफुले नपाएको सुनारको भनाई छ ।
विज्ञप्ति

सम्बन्धित समाचारहरु
दुई सातादेखि बुद्धचोकमा न्याय माग्दै पीडित
बुद्धचोकमा जगत बहादुर सुनारको ७७ दिनदेखि धर्ना: अब न्याय नपाउँने नै हो हेटौंडामा ?
हेटौंडाको बुद्धचोकमा धर्ना नबस्न पीडितलाई दवाब, यसो भन्छन् अभियान्तहरु
हेटौंडाको बुद्धचोकमा पीडकले धर्ना बसेका पीडितमाथि हातपात, जनप्रतिनिधि रमिते
पहिलेको दृष्टि बन्धकी राजिनामा पास, सुनारलाई शाक्यले गरे विश्वास घात