हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ हनुमान मन्दिर अगाडी सडकमा भ्यानको ठक्करबाट दुई जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा तुल्सीमेयर ईङ्लिस बोडिङ स्कुलका बिद्यार्थी १३ बर्षीया पाल्मु घलान र १० बर्षीय पाल्देन घलान रहेका छन् ।
पुर्वपश्चिम सडकखण्डमा वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०३–००१–ज ३८७ नम्बरको इभि भ्यानले बिहीबार दिउँसो घलान दिदिभाई्लाई ठक्कर दिएर घाइते बनाएको बागमती प्रदेश प्रहरीले प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
तत्काल उद्धार गरी हेटौडा अस्पताल लगिएको दुबैलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।