हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा. नं.८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् ।
कुलेखानी सडकखण्डमा हेटौडांबाट काठमाण्डौतर्फ जादै गरेको बा.प्र.०६–०१ प ३७६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा
नाईट्रोभेट २२पत्ता फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।