प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुईवटा भरुवा बन्दुक बरामद

२०८० फाल्गुन १२, शनिबार २०:२१ बजे

राजविराज - सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ।

गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जनाको समूहमा रहेका व्यक्तिहरू फरार भएका थिए।

त्यहाँ प्रहरी पुग्दा उनीहरूले छोडेको बोराभित्र बारुद भरिएको दुईवटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।