प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु

२०८० चैत्र १, बिहीबार १९:०७ बजे

काठमाडौं – रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

योसँगै रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।