प्रहर खबर
 २०८० आश्विन १४, आईतबार    

आफ्नै घरमा एक दम्पती मृत भेटिए

२०७९ पौष २६, मंगलबार १०:२५ बजे

हेटौंडा – चितवनमा श्रीमान र श्रीमती घरमा मृत अवस्थामा भेटिएका छन् । भरतपुर महानगरपालिका–२९ लमजुङगे टोल भन्ने स्थानमा २४ वर्षीय प्रेम राना मगर र २२ वर्षीया शान्ती राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमान प्रेम आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती शान्ती घर बाहिर आंगनमा रहेको चुल्होको छेउमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धान गर्न चितवनका प्रहरी प्रमुख नवराज अधिकारीसहितको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थल एवं शव जाँच गरी मुचुल्का तयार गर्नेलगायतको प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको बुझिएको छ ।

यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।