प्रहर खबर
 २०८१ बैशाख ३१, सोमबार    

चितवनमा लागूऔषधसहित एक जना पक्राउ

२०८० माघ २६, शुक्रबार ०९:४१ बजे

चितवन – चितवनमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने कालिका नगरपालिका वडा नम्बर ४ वस्ने २६ वर्षीय सोनु महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुर स्थित घरमा लागूऔषध लुकाई छिपाई सेवन, खरिद तथा बिक्री वितरण भइरहेको थाहा पाएपछि बुधबार साँझ उनलाई पक्राउ गरेको हो।

महतोको घरमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ४.८७ ग्राम, लागू औषध गाँजा १७२ ग्राम र लागूऔषध निट्राभेट २४ ट्याब्लेट तथा नगद ५ हजार तिन सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको छ।